भवन संहिता तथा भूकम्पीय क्षति न्यूनीकरण तालिम सम्पन्न

0 6

इलाम, २५ वैशाख । भवन निर्माणमा संलग्न व्यक्तिका लागि दिवसीय भवन संहिता तथा भूकम्पीय क्षति न्यूनीकरण तालिम कार्यक्रम हालै सम्पन्न भएको छ ।

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र क्युपेक नेपालको सहयोगमा इलाम नगरपालिकाले आयोजना गरेको सो तालिममा करिब सय जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा इलाम नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले भूकम्प प्रतिरोधी घर निर्माण गर्दा सामान्य घर बनाएभन्दा १०÷१५ प्रतिशत रकममात्र बढी खर्च लाग्ने भए पनि भूकम्प प्रतिरोधी घर सुरक्षित हुने बताउनुभयो ।

इन्जिनियर सुरेशकुमार नेम्वाङ, इन्जिनियर दीपकप्रसाद गुरागाईं, इन्जिनियर रामसुवर्ण चौधरीले सहजीकरण गर्नुभएको थियो ।

स्थानीय स्वायत्त शासन ऐन, २०५५ मा नगरपालिका क्षेत्रमा भवन निर्माण गर्ने अनुमति नलिई कसैले पनि भवन निर्माण गर्न नहुने व्यवस्था छ । रासस