राजस्थान र हैदरावाद तथा कोलकत्ता र दिल्ली भिड्ने

0 6

काठमाडौं, वैशाख २४ । इन्डियन प्रिमिएर लिग (आइपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत विहीबार दुई खेलहरु हुँदै छन् । नेपाली समयअनुसार दिउसो ४ः१५ बजे सुरु हुने खेलमा अंक तालिकाको दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सले सातौ स्थानमा रहेको सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दैछ ।

यस्तैै, राति ८ः१५ बजे सुरु हुने अर्को खेलमा चौथो स्थानको कोलकत्ता
नाइट राइडर्सले छैटौ स्थानको दिल्ली डेयरडेभिल्सको सामना गर्दैछ ।

यसअघि बुधबार राति भएको खेलमा किंग्स इलेभेन पन्जाबलाई १३८ रनको बिशाल अन्तरले पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगगलोर अंक तालिकाकोे तेस्रो स्थानमा उक्लेको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२६ रनको विशाल योगफल तयार गरेको थियो । बैंगलोरका लागि क्रिस गेलले ५७ बलमा ११७ रनको योगदान गरे । यस्तै, एबी डिभिलायर्सले २४ बलमा ४७ रनको योगदान गरे ।

जवाफमा २२७ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको पन्जाब ८८ रनमै अल आउट भयो । पन्जाबलाइ सस्तैमा समेट्नेक्रममा बैंगलोरका मिचेल स्टार्क र श्रीनाथ अरबिन्दले समान ४–४ विकेट लिएका थिए ।

यो खेलमा पराजित भएसँगै पन्जाबको शीर्ष चारभित्र पर्दै प्ले अफ खेल्ने सम्भावना न्यून बनेको छ ।