महाभूकम्पबाट ध्वस्त तातोपानी सडकखन्ड सुचालु, पुरिएकाको खोजी जारी (भिडियो)

0 7

सिन्धुपाल्चोक, वैशाख २५ । महाभूकम्पको १२ दिनपछि चिनियाँ सुरक्षाकर्मीको सहयोगमा सिन्धुपाल्चोकको तातोपानी सडकखन्ड सुचालु भएको छ ।

महाभूकम्पपछि पहिरोका कारण तातोपानी सडकखन्ड सन्चालनमा आउन सकेको थिएन । भूकम्पका कारण चीन जोड्ने सडकमार्ग पहिरोले अवरुद्ध भएपछि सडकमा पार्किड गरिएका दुई सयभन्दा बढी सवारी–साधन क्षतिग्रस्त भएका छन् । क्षति भएका
सवारी र हराइरहेका मानिसहरुको खोजीकार्य जारी छ ।

भूकम्पबाट तातोपानीदेखि लिपिडसम्मको २६ किलोमिटर सडकखन्ड पूर्णरुपमा क्षतिग्रस्त भएको छ । यो सडकखन्डमा एकातिर सडक भासिएको छ भने अर्कोतिर पहाडबाट पहिरोले सवारी–साधनसहित बाटो पुरिएको छ ।

पाँच सयजना चिनिया सुरक्षाकर्मीसहित एक सय ८० डोजर र स्काभेटरको सहयोगमा सडकको अवरोध हटाइए पनि सवारी–साधनहरु अझै पूर्णरुपमा सन्चालनमा आउन सकेका छैनन् ।