आइपिएल क्रिकेटमा सट्टाबाजी खेलाउने दुई जना घुससहित पक्राउ

0 6

२५ बैशाख, वीरगंज ।
जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बीरगंजको आर्दशनगरबाट क्रिकेट खेलमा सट्टाबाजी खेलाउने दुई ब्यक्तिलाई घुसको रकम सहित नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाएको छ ।

प्रहरीले बीरगंज १३ आदर्शनगरस्थित आफनै घरबाट आइपिएल क्रिकेट खेलमा सट्टाबाजी गरिरहेको प्राप्त सूचनाको आधारमा छापामारी गर्दा आत्माराम खेतान र बुल्ला खेतानलाई ९ थान मोबाइल सहित पक्राउ गरेको हो ।

प्रहरीको फन्दामा परेका खेतानले आफुलाई छाडे ५ लाख रुपैया सहयोग गर्ने प्रलोभन देखाएपछि प्रहरीले घुसको रकम सहित दुबैलाई नियन्त्रणमा लिई कानुनी कारवाही अगाडी बढाएको हो । खेतानले विहिबारको प्रथम खेल राजस्थान रोयल र हैदराबाद बीच हुने खेलको लागि सट्टाबाजी गरिरहेका थिए ।

भारतकै चर्चित खेलको रुपमा चिनिने आइपिएल क्रिकेट प्रतियोगितामा प्रत्येक दिन गैरकानुनीरुपमा करौडौ रुपैया बराबरको सट्टाबाजी हुने गर्दछ । अझै नेपाल भारतको सीमावर्ति शहरहरुमा सट्टाबाजी खेल बढी हुने गरेको प्रहरीको दावी छ ।