भाडा बढाउने घरधनीलाई कडा कारबाही गरिने

0 5

२५ बैशाख, काठमाडौं ।

महाभूकम्पपछि भाडामा बस्नेलाई हतोत्साही गर्दै भाडा वृद्धि गर्ने काठमाडौंका घरधनीलाई स्थानीय प्रशासनले कडा कारबाही गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले घरभाडा वृद्धि गरे–नगरेको निगरानी पनि थालेको छ ।

विपत्का बेलामा घरभागा नबढाउन र डेरामा बस्नेहरुलाई दुःख नदिन पनि प्रशासनले आग्रह गरेको छ । नभत्किएका घरमा डेरा भाडा उच्च बनाएपछि प्रशासनले भाडा बढाइए कारबाही गर्ने चेतावनी दिएको हो ।
‘विपत्को बेला कसैले चर्को भाडा लिने र डेरालालाई दुःख दिएमा हामीलाई उजुरी गर्नुहोला कारबाही गर्छौ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले भने,‘यस्तो बेला चर्को घरभाडा असुल्न खोज्नु अपराध हो ।’

अर्यालले घर भाडा वृद्दि गरे –नगरेको सम्बन्धमा निगरानी गर्न विभिन्न समिति बनाएर काम थालिएको पनि बताए ।
कतिपय घरबेटीले ‘बस्न मन नलागे नबसे हुन्छ’ भन्दै अस्वभाविक भाडा वृद्दि गर्न थालेपछि भाडामा बस्ने हजारौं सर्वसाधारण आतंकित भएका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।