भूकम्पबाट रेडियो ललितपुरमा क्षति

0 4

ललितपुर, २५ वैशाख । जिल्लाकै अति दुर्गम स्थान गोटीखेलस्थित एक मात्र रेडियो ललितपुर विनाशकारी भूकम्पले ध्वस्त बनाएको छ ।

भूकम्पबाट रेडियोको पाँच केभी युपिएस, १८० एम्पायरको चार थान ब्याट्री एवम् स्टुडियोको इक्युपमेन्ट पूर्णरुपमा ध्वस्त भएको छ भने रेडियोको टावर तथा ट्रान्समिटरलाई आंशिक क्षति पु¥याएपछि १०० दशमलव ९ मा प्रसारित उक्त रेडियो हाल बन्द रहेको स्टेसन म्यानेजर अमृतनाथ तिमल्सिनाले बताउनुभयो ।

रेडियोबाट त्यस क्षेत्रमा रहेका गोटीखेल, बुखेल, मानिखेल, चौघरे, शङ्खु, कालेश्वर, गिम्दी, आश्राङ गाविसलगायतका जनताले प्रत्यक्षरुपमा सूचना पाउँदै आएकोमा अब त्यसबाट वञ्चित हुनुपरेको स्थानीयले बताएका छन् ।

क्षतिग्रस्त रेडियोको करिब रु सात लाख बराबर नोक्सान भएको जनाइएको छ ।

यसैगरी जिल्लाबाट प्रकाशन हुँदै आएको दिगो दृष्टि साप्ताहिकको कार्यालयलाई समेत भूकम्पले क्षति पु¥याएको छ । लगनखेलस्थित कार्यालयमा रहेको एक थान कम्प्युटर र एक थान क्यामेरा पूर्णरुपमा नष्ट भएको साप्ताहिकका प्रधान सम्पादक दीपकप्रसाद घिमिरेले बताउनुभयो । रासस