पैदलमार्ग सुचारु

0 4

धुन्चे (रसुवा), २५ वैशाख । वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षति भएको धुन्चे–हाकु पैदलमार्ग बिहीबार साँझबाट सुचारु भएको छ ।

हिँड्नै नमिल्ने गरी क्षति भएको ब्राबल भीरदेखि हाकुवेशीसम्मको करिब तीन किलोमिटर पैदलमार्ग मर्मत गरी सुचारु गरिएको नेपाली सेना नारायणदल गणले जनाएको छ ।

पैदलमार्ग बनेपछि हाकुका बासिन्दालाई राहत सामग्री ढुवानीमा सहजता आएको स्थानीयले बताएका छन् ।

यस्तै राहत सामग्री ढुवानी सहज पार्न भत्केका पैदलमार्ग मर्मत कार्यलाई प्राथमिकताका साथ सेनाले काम अघि बढाएको गणका गणपति प्रमुख सेनानी लक्ष्मण थापाले बताउनुभयो ।

उता धुन्चे–स्याप्रु सडकखण्डअन्तर्गत खोपाङ भीरमा सडक मर्मत कार्य तीव्ररुपले अगाडि बढेको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ । आज साँझसम्म स्वाप्रुवेसी मोटर पु¥याइने लक्ष्य लिएको बताइएको छ । रासस