विषालु कन्दमूल खाँदा एकै परिवारका चार बिरामी

0 19

रामपुर (पाल्पा), २५ वैशाख । जङ्गली कन्दमूल खाएका एकै घरपरिवारका चारजना बिरामी परेका छन् ।

भ्याकुर भनेर जङ्गली विषालु कन्दमूल खाएका कारण उनीहरू बिरामी भएका हुन् । गरीबी, अशिक्षाले गाँजेको यस बस्तीमा पहिचान नभएको जङ्गली कन्दमूल खाएकै कारण बिरामी परेपछि उनीहरू रामपुर अस्पतालमा भर्ना भएका छन् ।

बिरामी हुनेमा कुमालढिककी ६१ वर्षीया छमकला अधिकारी, ४७ वर्षीय दयाराम अधिकारी, ४५ वर्षीया भगवती अधिकारी र १८ वर्षीय सुनिता अधिकारी रहेका छन् ।

उनीहरू खतरामुक्त रहेको र स्वास्थ्यमा क्रमिक सुधार आएको चिकित्सक अशोक अर्यालले बताउनुभयो । रासस