भूकम्पपीडितका लागी १३ जिल्लामा टहरा निर्माण गर्दै युवा सङ्घ नेपाल

May 08 2015 01:50

काठमाडौँ, वैशाख २४ – गत शनिबार गएको भूकम्पबाट घर क्षतिग्रस्त भएकाहरुका लागी अस्थायी घरटहरा बनाउने अभियानमा नेकपा एमालेको भातृ संगठन युवा सङ्घ नेपाल लागिपरेको छ ।

सङ्घले सिन्धुपाल्चोकको भोटेचौरमा बिहीबार टहरा बनाउने अभियानको थालनी गर्दै प्रभावित १३ जिल्लाका आफ्ना जिल्ला, नगर, गाविस र वडा कमिटीलाई सो अभियानमा सक्रिय हुन बिहीबार निर्देशन समेत दिएको छ ।

भोटेचौरमा आज नेकपा एमालेका केन्द्रीय सदस्य शेरबहादुर तामाङ, सङ्घका अध्यक्ष निरुदेवी पाल, महासचिव राजीव पहारी लगायतले सो अभियानको थालनी गरेका थिए ।

सङ्घका प्रवक्ता प्रभातविक्रम कटुवाल नेतृत्वको टोली अन्य जिल्लामा पनि पुगी सो अभियान सञ्चालन गर्ने बताए ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top