पत्रपत्रिकाबाट – पढाइ सुरु हुने सुरसार छैन

0 5
दामराङस्थित सुन्द्रावती निमाविका अभिभावक, शिक्षक र विद्यार्थीहरु दिनहुँजसो विद्यालयको ध्वस्त भवनहरु नियाल्छन र फर्कन्छन्।

पठनपाठन कसरी संचालन गर्ने भन्नेबारे भने उनीहरुले कुनै उपाय निकाल्न सकेका छैनन्। विद्यालय सञ्चालन गर्ने अस्थायी ठाउँको खोजी र कक्षा कोठा बनाउने बारे छलफल गर्छन तर तत्काललाई दुवै असम्भव देखिने कान्तिपुर दैनिकमा खबर छ।

भएका ६ वटै भवन भत्किएपछि विद्यालय परिसर खण्डहर देखिन्छ। साथै जमिनहरु पनि चिराचिरा परेपछि केहीबेर बस्न पनि जोखिम भएको गाउँलेको भनाई छ। पढाइ सञ्चालन गर्न बैकल्पिक स्थल कहाँ बनाउने उनीहरुका लागि समस्या बनेको छ ।