पत्रपत्रिकाबाट – राहत रकमै चल्यो तीन दलबीच जुहारी

0 12

भूकम्पपीडितलाई सरकारले के कति राहत रकम दिने भन्नेमा दलहरूबीचको जुहारी चलेको छ।

सत्तापक्ष र विपक्षी दलहरूका आआफ्ना अडानले एकीकृत संकल्प प्रस्ताव बनाउने दलहरूको प्रयास बिहीबार साँझसम्म सफल हुन सकेन। संसद् अधिवेशनको पहिलो दिन बिहीबार नै राहत, पुनर्निर्माण र पुनस्र्थापनाबारे साझा संक ल्प प्रस्ताव पारित गर्ने प्रतिबद्धता दलहरूले पूरा गर्न नसकेको अन्नपूर्ण पोस्टमा खबर छ।

सत्तापक्षबाट देश एकताबद्ध भएको सन्देश जाने र व्यावहारिक राहतको कार्यक्रम आउन नसकेको एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले बताए। विपक्षी दलहरूले भूकम्पबाट ज्यान गुमाएका प्रतिसदस्य तीन लाख, अपांग भएकालाई एक लाख, घर पूर्ण रूपमा क्षति भएकालाई १० लाख र आंशिक रूपमा घर क्षति भएकालाई पाँच लाख रुपैयाँ दिन प्रस्ताव गरेका छन्।