प्रधानसेनापति गौरवशमशेर राणाद्वारा बुङ्मती क्षेत्रको निरीक्षण ( फोटोकथा )

0 3

ललितपुर, २४ वैशाख । भूकम्पबाट क्षतिग्रस्त ललितपुरको बुङ्मती क्षेत्रको आज नेपाली सेनाका प्रधानसेनापति गौरवशमशेर राणाले निरीक्षण गर्नुभएको छ ।

उक्त अवसरमा उहाँँले भूकम्पबाट ध्वस्त भएका घरको छिट्टै पुनःनिर्माण कार्यका लागि सहयोग गरिने बताउँदै स्थानीयवासीलाई धैर्य रहन आग्रह गर्नुभयो ।

[huge_it_gallery id=”2″]

ऐतिहासिक महत्व बोकेको बुङ्मतीको पहिचानलाई समेटेर पुनःनिर्माण गरिनुपर्नेमा प्रधानसेनापति राणाको जोड रहेको थियो । स्थानीयस्तरमा चल्दै आएको सभ्यता र संस्कारलाई थप मजबुत गरेर अगाडि लैजान पनि स्थानीयवासीलाई सुझाव दिनुभयो ।

बुङ्मतीलाई सुन्दर बनाउन सबै तह र तप्काबाट आवश्यक सहयोग हुनुपर्नेमा उहाँको जोड रहेको थियो ।

भूकम्पका कारण घरबार गुमाएकी स्थानीयवासी सानुमाया शाक्यले आफ्नो घर क्षेत्रमा आएका सेनाका प्रधानसेनापतिलगायत उच्च अधिकारीसँग भावविह्ल बन्दै आफ्नो घर कहिले बन्ला भनी गुनासो पोख्नुभएको थियो । प्रतिउत्तरमा सेनाका उच्च अधिकारीले छिट्टै बनाइदिन्छु भनी आश्वासन दिएको उहाँले बताउनुभयो ।

भूकम्पबाट घाइते भएर उपचारका लागि जावलाखेलस्थित अल्का अस्पतालमा जाँदा धरौटीबिना उपचार गर्न नसकिने अस्पतालको रबैयाप्रति स्थानीयवासीले प्रधानसेनापतिसँग गुनासो पोखेका थिए । रासस