भूकम्प प्रभावित जिल्लामा विप्लवको युवा दस्ताले घर पुर्ननिर्माण गरिदिने

May 07 2015 07:44

काठमाडौं, वैशाख २४ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भूकम्प प्रभावित जिल्लाहरुका आवसहरु पुर्ननिर्माणको लागि सघाउने भएको छ । पार्टीका महासचिव नेत्र विक्रम चन्दले पार्टीको युवा जनस्वंसेवक दस्तालाई भूकम्पबाट प्रभावित १४ जिल्लाहरुमा गएर पुर्ननिर्माणको लागि सघाउन निर्देशन दिएका हुन् ।

बिहिबार पद्यमकन्या क्याम्पसमा आयोजित देशका विभिन्न क्षेत्रबाट आएका आफ्ना युवाहरुको भेलामा उक्त निर्देशन दिएका छन् । प्रभावित क्षेत्रमा घरहरु पुर्ननिर्माणका लागि अन्य जिल्लाहबाट २ सय जनाको टोली परिचालन गरिने बताइएको छ । यसमा केन्द्रीय सदस्यदेखि पोलिटब्युरो सदस्यहरुको समेत सक्रिय सहभागिता रहनेछ ।

कार्यक्रममा बोल्दै नेता चन्दले बर्खा लाग्नुभन्दा पहिले यसपटकको बर्खा धान्न सक्ने भवन निर्माण गर्ने लक्ष्य आफूहरुको रहेको बताए । ‘जहाँ सरकार पुगेको छैन, त्यहाँ हामी पुगेर राहत दिनसक्नुपर्छ,’ उनले भने, ‘साँचो माओवादी बनेर जनताको सेवामा लाग्नुहोस् ।’

 

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top