भूकम्प पीडितलाई नागरिक लगानी कोषको एक करोड राहत

0 20

२४ वैशाख, काठमाडौ । नागरिक लगानी कोषले विनाशकारी महाभूकम्पबाट भएको धन जनको क्षती, भौतिक संरचनाहरुको मर्मत तथा पुर्ननिर्माणको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा एक करोड रुपैया जम्मा गर्ने निर्णय गरेको छ ।

कोषको बुधबार बसेको संचालक समितिको बैकठले उक्त रकम दिने निर्णय गरेको सूचना अधिकारी उद्धव सिलवालले जानकारी दिए ।

‘मृतक परिवार प्रति समवेदना व्यक्त गर्दे घाइतेहरुको शीघ्र स्वास्थ लाभको कामना एवं भूकम्प पीडितहरुकोे उद्वार, उपचार, राहत, पुर्नस्थापना तथा मुुलुकमा पुगेको अकल्पनिय क्षतिको पुर्ननिर्माण तथा राहत कार्यक्रमको लागि सरकारलाई सहयोग पुर्‍याउने उद्देश्यवाट सो रकम जम्मा गरिएको छ ।’ सिलवालले जानकारी दिए ।