भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या सात हजार ७५९ पुग्यो

0 3

काठमाडौँ, २४ वैशाख । वैशाख १२ गते गएको भूकम्पमा परी अहिलेसम्म सात हजार ७५९ जनाको ज्यान गएको छ ।

गृहमन्त्रालयले केही बेरअघि उपलब्ध गराएको जानकारीअनुसार घाइते हुनेको सङ्ख्या १६ हजार ४३२ पुगेको छ ।

हालसम्म मृत्यु हुनेको सङ्ख्या सिन्धुपाल्चोकमा सबैभन्दा धेरै दुई हजार ९९१ पुगेको छ भने काठमाडाँैंमा एक हजार २१० पुगेको छ ।

भूकम्पका कारण १० हजार ७९० सरकारी घर तथा भवन पूर्ण रुपमा क्षति भएका छन् । आंशिकरुपमा १४ हजार ९९७ घर तथा भवन क्षति भएका छन् ।

सर्वसाधारणका दुई लाख ८८ हजार ७९८ घर पूर्ण क्षति भएका छन् भने आंशिक दुई लाख ५४ हजार ११२ घर क्षति भएको मन्त्रालयले जनाएको छ । रासस

You might also like More from author