पत्रपत्रिकाबाट – भूकम्पले बनायो मुलुकको नक्सांकनको दिशा परिवर्तन

0 10

भूकम्पले मध्य, पूर्व र पश्चिमाञ्चलका विभिन्न क्षेत्रमा राखिएका जग्गा नापजाँचका सन्तुलन बिन्दुहरू ध्वस्त हुँदा मुलुककै नक्सांकनको दिशा परिवर्तन हुने भएको छ।

नापी विभागले भूकम्पपछि उपत्यकाका विभिन्न पाँच नियन्त्रण बिन्दुबाट जीपीएस प्रविधिबाट सर्वेक्षण गर्दा डेढ मिटर हाराहारीमा दक्षिण पश्चिम सरेको निष्कर्ष निकालेको छ। भक्तपुरको नगरकोट, ललितपुरको फूल्चोकी डाँडा, बुङमतीको लाखेडाँडा, काठमाडौंको स्वयम्भू, नुवाकोटको कुमारीडाँडामा जग्गा नापजाँच र नक्सांकनका लागि राखिएका नियन्त्रण बिन्दुमा नापी विभागले भूकम्पपछि जीपीएस प्रविधिमार्फत अध्ययन गर्दा ती बिन्दु ध्वस्त भएको र पुन सर्वेक्षण गर्नुपर्ने देखिएको अन्नपूर्ण पोस्टमा खबर छ।

नापी विभागको विशेषज्ञ टोलीले जीपीएस डाटा प्रशोधन गर्ने क्रममा हङकङ, ल्हासा, बैंग्लोर, हैदराबाद, कजकास्थान, ओमान, मंगोलियालगायतका स्थानमा रहेका १३ वटा सीओएसबाट प्राप्त डाटालाई आधार मानेर विश्लेषण गर्दा नियन्त्रण बिन्दुहरूको अवस्थिति फरक पर्न गएको देखिएको हो।