पत्रपत्रिकाबाट – भूकम्पबाट क्षतिग्रस्त संरचनाको भग्नावशेष सचिवहरुले हटाउने

0 10

भूकम्पबाट क्षतिग्रस्त संरचनाका भग्नावशेष हटाउन र सरसफाइ गर्न सरकारले सचिवहरूको नेतृत्वमा निजामती कर्मचारी परिचालन गर्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भूकम्पबाट भत्किएका भौतिक संरचनाका भग्नावशेष हटाउने समूहको कार्यविधि बनाई बुधबार मन्त्रालय, आयोग र सचिवालयका सचिवहरूलाई पत्राचार गरी आगामी शनिबार क्षतिग्रस्त संरचनाका भग्नावशेष हटाउन निर्देशन दिएको अन्नपूर्ण पोस्टमा खबर छ।

मुख्य सचिव लीलामणि पौड्यालले मन्त्रालय, आयोग, सचिवालय र तीअन्तर्गतका विभाग, काठमाडौंस्थित कार्यालय, संस्थान, बोर्ड, समिति एवं प्रतिष्ठानका सम्पूर्ण कर्मचारी अनिवार्य उपस्थित भई सरसफाइ गर्न निर्देशन दिएका हुन्। सचिवहरूलाई प्रेषित पत्रमा तोकिएको ठाउँमा आफूले नेतृत्व गर्नुपर्ने र त्यस ठाउँमा खटिएका सुरक्षाकर्मीको नेतृत्वसँग समन्वय गरी संयुक्त रूपमा भग्नावशेष हटाउने कार्य अनिवार्य गर्न-गराउन निर्देश गरिएको छ।