पत्रपत्रिकाबाट – वीर अस्पतालले बिरामी भर्ना लिन छाड्यो

0 8

भूकम्पले दुईवटा भवन चर्किएपछि वीर अस्पतालले नयाँ बिरामी भर्ना लिन छाडेको छ।

चार सय ६० शय्याको अस्पतालमा आइतबारबाट ओपिडी र आकस्मिक सेवा मात्रै सञ्चालन गरिएको छ। अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डितले एक सयभन्दा बढी शय्या भएका वार्डमा रातो स्टिकर टाँसिएको र बाँकी शय्या भएका वार्डमा पहेँलो स्टिकर टाँसिएपछि बिरामी भर्ना गर्न छाडिएको बताएको नयाँ पत्रिका दैनिकमा खबर छ।

भर्ना गर्नुपर्ने बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ। ‘अहिलेसम्म त हामी क्लिनिकजस्तो अवस्थामा भएका छौं, आएका सामान्य बिरामीको चेकजाँच गरी पठाउने र आकस्मिक कक्षमा आएकालाई परीक्षण गरी भर्ना गर्नुपर्ने भए अन्यत्र पठाउनुपर्ने अवस्थामा छ,’ डा. पण्डितले भने, ‘रातो र पहेँलो लगाएका ब्लकमा न बिरामी पठाउन मिल्यो, न डाक्टर जान मिल्यो शय्या जति तिर्न ब्लकमा थुनिएका छन्।’

पहेँलो स्टिकर लगाएका ब्लक मर्मत गर्न खर्चको स्टमेट निकालेर मन्त्रालयबाट रकम निकासा भएपछि मात्रै पुन:निर्माण हुने उनले जानकारी दिए।