राहत बाँड्न ३३ हेलिकोप्टर सञ्चालनमा

0 4

२४ बैशाख, काठमाडौं । भूकम्पपछि उद्धार र राहत वितरण गर्न भारत, चीन र अमेरिकाबाट आएका २१ वटा हेलिकोप्टर सञ्चालनमा छन् । नेपाली सेनाको स्काइट्रकसहित १२ वटा हेलिकोप्टर सञ्चालन गरिएको नयाँ पत्रिकामा खबर छ ।

भारतीय हेलिकोप्टर काठमाडौं र पोखारामा आधार बनाएर सञ्चालन गरिएको छ भने चिनियाँ हेलिकोप्टर तिब्बतको केरुङबाट दैनिक ओहोरदोहोर गरिरहेका छन् । भारतबाट ल्याइएका १३ मध्ये सातवटा पोखारामा र ६ वटा हेलिकोप्टर काठमाडौंस्थित नेपाली सेनाको मध्य एयरबेसमा राखिएको छ ।

भारतीयले दुवै ठाउँमा गोरखामा राहत वितरण र बिरामीको उद्धार गरिरहेका छन् । भारतले भूकम्प आएको भोलिपल्ट १३ वैशाखदेखि ६ वटा एमआई १७ र केही दिनपछि सातवटा एएलएच हेलिकोप्टर पठाएको थियो ।

राहत वितरण र उद्धारका लागि पठाइएका तीनवटा चिनियाँ हेलिकोप्टर शुक्रबारदेखि मात्रै राति काठमाडौंमा राखिने भएको छ ।