दर्जनौं मजदुरको सास न लास

0 3

शान्तिबजार (रसुवा),वैशाख २४ – महाभूकम्पमा ज्यान गुमाउनेको १२ औं दिनको काजकिरिया चल्दै गर्दा दाङ,सिमरिहा–२ का खोपेन्द्र ज्ञवाली भने त्यही दिनदेखि हराइरहेका भाइको किरिया बस्ने कि नबस्ने भन्ने अन्योलमा छन् । हाकु–८, मैलुङस्थित निर्माणाधीन २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली जलविद्युत् आयोजनामा ओभरसियर रहेका भाइ –काकाका छोरा) केशवको अवस्था बुझ्न उनी एक साताअघि शान्तिबजार आइपुगेका थिए । वैशाख १२ गते खाना खाएपछि केशवसहित अन्य कामदार आयोजनास्थलतर्फ फर्कंदै गर्दा सिंगो पहाड खसेर पुरिएको स्थानीय बताउँछन् । पहिरोमा परेर बाँचेकाहरु कोही सम्पर्कमा आइसके । अझै थुप्रै यस्ता छन् जो न सम्पर्कमा आएका छन् न त उनीहरुको शव नै फेला परेको छ । केशव त्यसैमध्ये एक हुन् । हराइरहेका ३६ कामदारमध्ये अधिकांश रोल्पा, दाङ, सल्यान, कपिलवस्तु र धादिङ जिल्लाका छन् । आजको नागरिक दैनिकमा खबर छ ।