उपत्यका डेढ मिटर दक्षिण सर्यो

0 7

काठमाडौं,वैशाख २४ – वैशाख १२ को महाभूकम्पपछि काठमाडौं उपत्यका डेढ मिटर दक्षिण– पश्चिमतर्फ सरेको छ । उपत्यकाको उचाइ पनि बढेको छ । नापी विभागले गरेको सर्वेक्षणपछि काठमाडौं उपत्यका १.५ मिटरको दक्षिण – पश्चिम सरेको र उचाइ ८० सेन्टिमिटरले बढेको पुष्टि भएको हो । महाभूकम्प गएको चार दिनपछि विभागले उपत्यकाका विभिन्न पाँच स्थानमा नियन्त्रण बिन्दु राखी अध्ययन सुरु गरिएको थियो । विभागले नियन्त्रण बिन्दुबाट आएका विवरणलाई जिपिएस (ग्लोबल पोस्टिङ सिस्टम) प्रविधिमार्फत २४ घन्टे सर्वेक्षण गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।