वीर अस्पतालले बिरामी भर्ना लिनै छाड्यो

0 5

काठमाडौं,वैशाख २४ –  भूकम्पले दुईवटा भवन चर्किएपछि वीर अस्पतालले नयाँ बिरामी भर्ना लिन छाडेको छ ।

अस्पतालका निर्देशक डा. सूर्यप्रकाश पण्डितले एक सयभन्दा बढी शैया भएका वार्डमा रातो स्टिकर टाँसिएको र बाँकी शैया भएका वार्डमा पहेँलो स्टिकर टाँसिएपछि बिरामी भर्ना गर्न छाडिएको बताए । भर्ना गर्नुपर्ने बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।