जहाँ प्रचण्डले पढाउँथे (तस्बिर कथा)

0 4

देशमा भूकम्पले थुप्रै क्षति गरेको छ । गोरखा आरुघाटस्थित भीमोदय विद्यालय ढल्नु मात्र समाचार होइन । तर, भीमोदयको इतिहास गरिमामय छ । यो विद्यालय देशमा प्रजातन्त्र आएकै साल स्थापना भएको थियो । यसको अर्को इतिहास छ, यहाँ कुनै समय एमाओवादी अध्यक्ष प्रचण्डले पढाउने गर्थे । आरुघाट आरुचनौटेको पुरानो बजार हो । वैशाख १२ को विनाशकारी भूकम्पले भीमोदयसहित आरुघाट बजारका अधिकांश घर तहसनहस भएका छन् ।

भीमोदयका सानासाना गरी नौ भवनमध्ये आठवटा ध्वस्त भएका छन् । हालको यो उच्चमाविमा झन्डै पाँच सय विद्यार्थीले अध्ययन गर्छन् । भवन ढलेसँगै यहाँको पठनपाठन रोकिएको छ । विद्यार्थीहरु आउँछन्, भत्किएका भवन हेर्छन् र फर्कन्छन् ।

विद्यालयका हेडमास्टर मनप्रसाद बन्जाराको योजना छ, पाल टाँगेर विद्यालय सुचारु गर्ने । अहिले उनी केही पालको आशमा छन् । कुनै बेला यस विद्यालयमा पढाउने मास्टर प्रचण्ड अहिले राजनीतिको केन्द्रबिन्दुमा छन् । अहिले थुप्रै जनताका आधारभूत आवश्यकता गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य धरापमा छन् । जसका लागि सरकार र राजनीतिक दलहरु योजनाबद्ध लाग्नुपर्ने बेला आएको छ ।

prachanda school (11)prachanda school (1)prachanda school (2)prachanda school (10)prachanda school (8)prachanda school (5)prachanda school (6)prachanda school (7)prachanda school (4)prachanda school (3)