अस्पतालको बेडमै चोर पसेपछि……….

0 5

पसेपछि एक विरामीको विचल्ली भएको छ । अस्पतालको शय्याबाटै १२ हजार ८ सय रुपैयाँ नगद चोरी भएपछि मोरङको पाटीगाउँ–६ पथरीकी जीतकुमारी थापामगरको बिचल्ली भएको छ ।

बेडबाटै नगद र गहना चोरी हुन थालेपछि प्रतिष्ठानमा उपचारका लागि आउने विरामीहरु असुरक्षित हुन थालेका छन् ।

प्रतिष्ठान प्रशासनले सुरक्षका लागि वार्षिक एक करोड ५० लाख खर्चेर ठेक्का दिएपनि जीफोरएसले सुरक्षा कम्पनीले भरपर्दो सुरक्षा नदिँदा प्रतिष्ठानमा भर्ना भएका विरामी, शिक्षक र कर्मचारीहरु असुरक्षित भएका हुन् ।

कहिले प्रतिष्ठानका कर्मचारीको कोठाबाटै सामान चोरी तथा पार्किङको मोटरसाइकल र हेल्मेट चोरी हुने प्रतिष्ठानको सर्जरी वार्डबाटै मंगलबार नगद चोरी भएपछि विरामीहरु आतंकित भएको जीतकुमारीका पति टेकबहादुर थापामगरले बताए ।

पित्तथैलीमा पत्थरी भएपछि सोमबार प्रतिष्ठान भर्ना भएकी जीतकुमारीको नगद चोरी भएपछि उनको शल्यक्रिया रोकिएको छ ।

‘चिकित्सकले बुधबार शल्यक्रिया गर्ने नगद ठीक्क पार्न भनेका थिए’, तीन वर्षको नाबालक छोरा च्यापेर  सर्जरी वार्डमा सुतेकी जीतकुमारीले भनिन्, ‘अस्पतालमै पसेर चोरले मेरो शल्यक्रिया गर्ने रकम चोरी भयो ।’

प्रतिष्ठानको कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङले प्रतिष्ठानले वार्षिक एक करोड ५० लाख खर्च गरेर सुरक्षाको जिम्मा दिएपनि सुरक्षा राम्रो नभएको बताए ।

प्रतिष्ठानका उपकुलपति डा.बलभद्र दासले प्रतिष्ठानको प्रत्येक वार्डमा सुरक्षा दिन असम्भव भएकाले विरामीले नै आफ्नो सामानको सुरक्षा गर्नुपर्ने बताएका छन् । –