२० वटा सरकारी कार्यालयलाई भवन निर्माण विभागको रातो स्टीकर

0 4
महाभूकम्प पछि, भवन निर्माण विभागले जाँचेका २१० वटा सरकारी भवन मध्ये २० वटामा रातो स्टीकर टाँसिएको छ। रातो स्टीकर टाँसिएका भवन या ठाउँ नजिक जानै लगाइएको छ।
२० मध्ये पनि सिंहदरबारका ५ वटा भवनमा रातो स्टीकर लगाइएको हो।
सिंहदरबार भित्रका रक्षा मन्त्रालय, यूवा तथा खेलकुद मन्त्रालय,श्रम तथा रोजगार मन्त्रालय र सर्वोच्च अदालत र महान्यायाधीवक्ता कार्यालयको क्यान्टीनमा रातो स्टीकर टाँसिएको छ।
अन्य सरकारी कार्यालयहरु, आन्तरिक राजस्व विभाग, निजामति किताबखाना, भक्तपुरको राष्ट्रिय कला संग्रालय,राष्ट्र बैँक, कृषि विभाग, वीर , प्रसुतिगृह, शुक्रराज शास्त्री, भक्तपुर क्यन्सर अस्पताल र पाटन अस्पतालका केही स्थानमा भवन निर्माण विभागले रातो स्टीकर टाँसेको छ।
उसले अहिले सम्म जाँचेका भवन मध्ये ४१ वटा भवनमा पहेँलो स्टीकर टाँसिएको छ। यस्ता भवनमाको संरचना नै विग्रेको भएर बसेरै काम गर्न नमिल्ने हुन्छ।
त्यस्तै १४१ वटा भवनमा भने हरियो टाँसिएको छ। हरियो स्टीकर टाँसिएको भवन सुरक्षित हुने विभागले जनाएको छ।
भवन निर्माण विभागका इन्जिनियर महर्जनका अनुसार राष्ट्रपति कार्यालय शीतलनिवास र प्रधानमन्त्रि कार्यालयलेमा  स्टिकर टाँसिएको छ। विभागले शीतल निवासका रुफटप, टिभि कोठा र उत्तर तिरको भागमा प्रवेशका लागि रोक लगाएको छ।
‘राष्ट्रपतिकार्यालयको  भवनमा हरियो स्टिकर टाँसिएको हो तर तीन ठाउँमा जान रोक लगाएको मात्रै हो,’ उनले भने।
राष्ट्रपति कार्यालय शीतलनिवास, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार,संसद सचिवालय,भौतिक योजना तथा निर्माण मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय समेत १४९ वटा भवनले हरियो स्टीकर पाएका छन्। अर्थात यी सुरक्षित छन्।
रातो टाँसिएको ठाउँमा बस्न र काम नगर्न इन्जिनियरले सुझाव दिएका छन्। त्यस्ता ठाउँ पुरै विग्रेको र सामान्य हलचलले पनि भत्कने संभावना भएकोले नबस्न भनिएको हो।
यस्ता भवन कहिले सम्म बस्न नमिल्ने भनेर विस्तृत अध्ययन गरेपछि मात्रै थाहा हुने भवन निर्माण विभागका इन्जिनियर मचाकाजी महर्जनले बताए।
‘रेडस्टीकर टाँसिएका ठाउँमा तत्काल नजानु भन्ने हो, विल्डिङको छुट्टै विस्तृत अध्ययनपछि कति पुननिर्माण गर्ने भन्ने थाहा हुन्छ त्यसपछि मात्रै कहिलेसम्मममा
बस्न सकिन्छ भनेर बताउन मिल्छ,’ उनले सेतोपाटीसंग भने।