सलमान खान अदालतबाटै गिरफ्तार

0 10
बलिउड अभिनेता सलमान खानलाई अदालतले मापसे गरेर सडकमा सुतेका व्यक्तिमाथि गाडी कुदाएर ज्यान लिएको आरोपमा दोषी ठहर गरे लगत्तै अदालतबाट गिरफ्तार गरेको छ। फैसलाको अन्तिम सजाएमा उनीमाथि ५ वर्षसम्मको जेल सजाय सुनाइएको छ।सलमानमाथि सन् २००२ सेप्टेम्बर २८ को राति सडकमा सुतिरहेका व्यक्तिमाथिबाट गाडी चलाएको आरोप लागेको थियो। सलमानले चलाएको गाडीले च्यापिएर एक जनाको ज्यान गएको थियो भने अन्य चार जना घाइते भएका थिए। सलमानमाथि लागेका सबै आरोप प्रमाणित भएको अदालतले जनाएको छ। तर सलमान खानले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका थिए।
सलमानले घटना भएका बेला आफूले गाडी नचालको र आफू नशामा पनि नरहेको बताउँदै आएका छन्। सलमानका ड्राइभर अशोक सिंहले पनि अदालत सामु घटना भएका बेला आफूले गाडी चलाएको र गाडीको टायर पङचर भएकाले दुर्घटना भएको बताएका थिए।सलमान विरुद्ध २७ वटा प्रमाण पेश गरिएको सरकारी वलिकले बताएका छन्। सलमान खानमाथि घटना लगतै घटनास्थलबाट भागेको आरोप पनि लागेको छ। तर सलमानले भने घटनापछि १५ मिनेटसम्म आफू त्यहीं रहेको बताएका छन्।