एनसेलका सामान भन्सारले रोक्यो

0 4

काठमाडौं,वैशाख २३ – चीनबाट रेडक्रसको स्टिकर लगाएर ल्याइएका एनसेलका दूरसञ्चारसम्बन्धी उपकरणलाई भन्सार विभागले रोकिदिएको छ । चिनियाँ रेडक्रसका राहत सामग्रीसँगै ल्याइएका एनसेलका दूरसञ्चारसँ सम्बन्धित उपकरणहरुको कागजातसमेत नभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकेको हो । ‘रेडक्रसले पठाएको उद्दार सामग्रीमा एनसेलका सामानसमेत भेटियो भन्ने सुनेको छु,’ राजस्व सचिव नवराज भण्डारीले भने,‘ उनीहरुले राहत सामग्री हो , भन्सार छुट पाउँ भन्न पनि आएका छैनन् । सामान पनि लगेका छैनन् भन्ने जानकारी छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।