बयोधाले सरकारबाट घाइतेको उपचार खर्च नलिने

0 5
काठमाडौ: बयोधा हस्पिटलले बैसाख १२ गते आएको भूकम्पका घाइतेहरुको उपचार खर्च सरकारबाट नलिने जनाएको छ ।
घाइतेहरुको उपचार गराए बापत सरकारले अस्पतालहरुलाई प्रति घाइते  २५ हजार रुपैयाका दरले रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।
बयोधा हस्पिटलका कार्यकारी निर्देशक रवि चौधरीले विपत्तीका बेला पिडितहरुलाई सहयोग गर्नु अस्पतालहरुको पनि जिम्मेवारी भएको भन्दै अस्पताल खर्च नलिने बताए ।
उनले भने, सरकारले मात्र यति ठूलो विपत्तीको समना गर्न सक्दैन । त्यसैले हामी सबैले सहयोगको हात अगाडि बढाउनु पर्छ ।
कार्यकारी निर्देशक चौधरीका अनुसार बयोधामा एकसय ५० जना घाइतेलाई आकस्मिक विभागमा राखेर उपचार गरिएको छ भने ४० जनालाई भर्ना नै गरेर उपचार भइरहेको छ ।
बयोधाले भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सिविर सञ्चालन गरिरहेको चौधरीले बताए ।