बोनस पाइन्छ भन्दै गलत एसएमएस पठाउने तीनजना पक्राउ

0 12
काठमाडौं : विनाशकारी भूकम्पले सिंगो राष्ट्र नै शोकले स्तब्ध भएको बेला भूकम्पबारे भ्रामक एंव काल्पनिक सन्देश पठाएर समाजलाई आतंकित गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पक्राउ अभियुक्तमा धनुषा तीनतले निवासी १८ वर्षीय गौरी मगर, सिन्धुलीका २० वर्षीय फुलमाया तामाङ र उदयपुरका २२ वर्षीय राजु मगर रहेका छन्। उनीहरुले आफूले पठाएको मेसेज १५ जनालाई पठाएमा ९०० र २०० बोनस पाइन्छ भनि एनसेलको सिमबाट टेक्स्ट गरेका थिए।
महानगरीय प्रहरी अनुसन्धान महाशाखाबाट खटिएको विषेश टोलीले बाठमाडौको मच्छेगाउँबाट पक्राउ अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।