भूकम्पपछि भट्टेडाँडाको भग्नावशेष (रिर्पोट)

0 9

ललितपुर, वैशाख ११ –दक्षिण ललितपुरको भट्टेडाँडालाई आमनेपाली पाकिस्तानी एअरलाइन्सको दुर्घटनास्थलको रुपमा चिन्छन् । कतिले त माओवादी युद्धको क्रममा २०५४ चैत्र २० गते राजधानी नजिकै भएको प्रहरी चौकी आक्रमणसँग भट्टेडाँडालाई जोडेर सम्झना गर्छन् ।

नेपाली इतिहासको अनेकौं दुर्घटनाको पर्याय भट्टेडाँडा यस पल्ट महाभूकम्पको गम्भिर दुर्घटनामा प¥यो । महाभूकम्पपछि ८ जना मानिसको मृत्य भयो भने यस पहाडी भू–भागमा दर्जनौ घाइते छन् । भूकम्पको दर्जनौं धक्कापछि यहाका किसानका सयौं चौपाया मरे । पशुधनको मृत्युपछि किसान उठ्नै नसक्ने गरी आर्थिक रुपमा थला परे ।

bhattedada (2)

bhattedada (11)
भट्टेडाँडाको उत्तरी क्षेत्र तीनपाने भञ्ज्याङ्ग,नयाँगाँउ,भैसे र झाँक्रीडाँडामा नउठेका घर भेट्टिदैनन् । महाकाल खोल्चा, रानीबास, यास्पा,थापाचे र कलवनको कुना काप्चामा यदाकदा घरहरु बचेका छन् तर महाभूकम्पपछि ती घरहरु चर्केर बस्न लायक छैनन् ।

कान्तिराजपथको मध्ये भागमा पर्ने छपेली बजार भूकम्पपछि तहसनहस छ । अहिले छपेली बजार फुटपाथे बजारको रुपमा परिणत भएको छ । ढुंगा र माटोले बनेका यहाँका घरहरु सबै भत्केको अवस्थामा छन् ।

सरकारी बेवास्ताको सिकार यहाँका सोझा जनता प्लाष्टिकको अस्थायी टहरामा बस्न बाध्य छन् । जसले न पानी छेक्न सक्छ न बैशाखको चर्को घाम नै । घरैमाथिबाट उड्ने राहत सामाग्री बोकेको विदेशी हवाई जहाजको एकोहोरो आवाज सुन्दै भूकम्प पिडितहरु भोको पेटमा रात काट्दै छन् ।

bhattedada (13)bhattedada (7)bhattedada (6)bhattedada (5)bhattedada (4)bhattedada (3)bhattedada (1)bhattedada (14)bhattedada (8)bhattedada (9)bhattedada (10)