अहिले भर्खरै भूकम्प गएको छ, आजै ९ पटक

0 7

काठमाडौं, बैशाख २१- विहानदेखि अहिलेसम्म ४ रिक्टरस्केलमाथिका ९ पटक भुकम्प गएको राष्टिय भुकम्प मापनकेन्द्रले जनाएको छ । धेरै भुकम्प नुवाकोटलाई केन्दविन्दु बनेर गएका छन् ।

मापन केन्द्रका भुकम्पविद् मुकुन्द भट्टराईका अनुसार पछिल्लो पटक ५:३० बजे भुकम्प गएको हो ।

यसअघि २:३४ मा दोलखामा ४.७, १:१७ मा गोरखामा ४.०, १०:३६ मा नुवाकोटमा ४.१, नुवाकोटमै १०:३३ मा ४.०, ९:५४ मा नुवाकोटर र रसुवाको सीमामा ४.२, ७ बजे दोलखामा ४.३ र सिन्धुपाल्चोकमा ४:५४ मा ४.२ रिक्टरस्केलको भुकम्प गएको हो ।