भूकम्पबाट हालसम्म मर्नेको संख्या ७२५० नाघ्यो(अपडेट)

0 3

गत शनिबार आएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ७,२५० जना पुगेको छ। गृह मन्त्रालयले साँझ प्रकाशन गरेको विज्ञप्ति अनुसार अहिलेसम्म १४,२६७ जना घाइते भएका छन्।

ज्यान गुमाउनेहरुमा उपत्यकामा १६४४, पूर्व क्षेत्रमा ५३, मध्य क्षेत्रमा ५१३२, पश्चिम क्षेत्रमा ४१९ र मध्य पश्चिम क्षेत्रमा २ जनाको रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा ७६६३, पूर्व क्षेत्रमा ३१९, मध्य क्षेत्रमा ५०८२, पश्चिम क्षेत्रमा ११७९ र मध्य पश्चिम क्षेत्रमा २२ जना रहेका छन् ।

साथै भूकम्पमा ज्यान गुमाएका नेपाल प्रहरी ४, नेपाली सेना ९, सशस्त्र प्रहरी १, निजामती कर्मचारी ४ र बिदेशी पर्यटक ५४ जना तथा घाइते भएका नेपाल प्रहरी १४०, सशस्त्र प्रहरी २१ र बिदेशी पर्यटक ५१ जना छन्।

यसैगरी हालसम्म नेपाल प्रहरी २ जना, नेपाली नागरिक २१५ र बिदेशी नागरिक १०९ जना हराइरहेका छन्।

हालसम्म उपत्यकामा १६१०, पूर्व क्षेत्रमा ५१, मध्य क्षेत्रमा ५०७५, पश्चिम क्षेत्रमा ३८२ र मध्य पश्चिम क्षेत्रमा २ जना गरी जम्मा ७१२० को शब निजहरुका आफन्तलाई बुझाइएको छ भने अन्य शबहरु विभिन्न अस्पतालहरुमा रहेको हुँदा शव सनाखतको लागि पहल भइरहेको प्रहरीले जनाएको छ।