रनवे आवश्यक नपर्ने चार अमेरिकी विमान काठमाडौं आइपुगे

0 4

अवतरणका लागि रनवे आवश्यक नपर्ने अत्याधुनिक चार अमेरिकी भिटिओएल अस्प्रे विमान काठमाडौं आइपुगेका छन्। अमेरिकी विमानहरु अकिनावाबाट सोझै काठमाडौं आएका हुन्। यी मोडलका विमान उद्धार र राहत वितरणका लागि उत्कृष्ट मानिन्छन्।

यी विमान हेलिकप्टर र अन्य एयरक्राफट सरह नै उडान र अवतरण गर्ने क्षमता राख्छन्।