ममता बनर्जीले एक लाख थान त्रिपाल दिने

0 5

भारतको पश्चिम वंगाल सरकारले भूकम्प पीडितका लागि एक लाख त्रिपाल सहयोग गर्ने भएको छ। भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायका अनुसार ती त्रिपाल भोलि काँकडभिट्टा पारी पानी ट्याङ्कीमा हस्तान्तरण गर्ने कार्यक्रम छ।

ती त्रिपाल हस्तान्तरण गर्न पानी ट्याङ्कीमा मुख्य मन्त्री ममता बनर्जी स्वयं उपस्थित हुने कार्यक्रम छ। नेपालका तर्फबाट राहत समाग्री लिन शहरी विकास मन्त्री नारायण खड्का, परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे र आपूर्ती मन्त्री सुनिल थापा मध्ये तीनै जना वा को एक जाना जाने भन्ने अहिल्यै टुंगो लागिसकेको छैन।

अघिल्लो शनिबार गएको भूकम्पले तीन लाख घर भत्किएको प्रारम्भिक अनुमान सरकारले गरेको छ। पूर्वी छिमेकी राज्य पश्चिम बंगालको सहयोगबाट बिहार, उत्तर प्रदेश र उत्तराखण्ड पनि प्रोत्साहित हुने अनुमान सरकारको छ।

पानी ट्याङ्कीमा त्रिपाल बुझेपछि सिँधै प्रभावित जिल्लाहरुमा पठाउने योजना भएको उपाध्यायले बताएका छन्। ‘काभ्रेसम्मका लागि त्रिपाल विपी राजमार्ग र अरू पूर्व पश्चिम राजमार्ग भएर जान्छ,’ उनले भने।

भूकम्प पीडित घामपानी छेक्ने ओत उपलव्ध गराउनुलाई सरकरले अबको प्रथमिकतामा राखेको छ। प्रति परिवार १८ फुट लम्बाई र १२ फुट चौंडाइको त्रिपाल, फ्लोरिङ म्याट्रेस र तीनवटासम्म कम्मल दिने योजना सरकारको छ।

महँगो पनि हुने र तयार गर्न समय पनि लाग्ने भएकाले पाल नदिइ त्रिपाल दिने कार्यक्रम सरकारले बनाएको छ।