दाहसंस्कार गर्न लागेको शव घाटबाट उठाइयो

0 4

इलामः दाहसंस्कार गर्न लागिएको एक महिलाको शवलाई जिल्ला प्रहरी कार्यालय इलामको टोली घाटबाट उठाएको छ ।

हत्या गरी दाहसंस्कार गर्न लागेको खबर स्थानीयले दिएपछि पाँचथरको अमरपुर–९ स्थित माइतीमा बस्दै आएकी शान्ता तामाङ शव प्रहरीले घाटबाट उठाई पोष्टमार्टमका लागि लास घरमा पु¥याएको
छ ।

हत्यापछि दाहसंस्कार गर्न लागेको जानकारी जानकारी स्थानीयले दिएपछि शान्ताको शवलाई इलामस्थित घरमा पुर्‍याइएको हो ।

उपचारका क्रममा झापाको मनमोहन अस्पतालमा मृत्यु भएपछि शनिबार इलाम नगरपालिकाको गुम्बाडाँडामा दाहसंस्कार गर्न लाग्दा प्रहरीले शव नियन्त्रणमा लिएर पोष्टमाटम गर्न अस्पताल पठाएको हो ।

प्रहरीले मृतकका दाजु पशुपति तामाङलाई नियन्त्रणमा लिएको छ । पशुपतिले बहिनीको मृत्यु दमको रोगले भएको बयान दिएको प्रहरी निरीक्षक याम पौड्यालले बताए ।

शान्तको मृतकको पेटमा बच्चा रहेको स्थानीयले दाबी गरेका छन् । उनका पति वैदेशीक रोजगारमा छन् ।

प्रहरीले आइतबार आफन्तलाई बोलाएर अनुसन्धान अघि बढाउने जनाएको छ । अस्पताल पठाइएपनि शवको विहानसम्म पोष्टमार्टम भएको छैन ।