भूकम्पले एक मिटरमाथि उठ्यो काठमाडौंको जमिन

0 7
एजेन्सी : यूरोपको सेन्टिनल-१ ए स्याटेलाइटबाट मिलेको ताजा विवरणले शनिबार गएको भूकम्पका क्रममा काठमाडौंको केही भागको जमिन एक मिटर माथिसम्म उठेको देखिएको छ ।

राडारजडित यो स्याटालाइटको कक्षबाट लिइएको भूकम्पअघिको र भूकम्प गएपछिको तस्बिरको तुलना गरेर वैज्ञानिकहरुले सो कुरा पत्ता लगाउन सफल भएका हुन् ।

वैज्ञानिकहरुले स्याटालाइटबाट मिलेको जानकारीलार्इ एक इन्टरफेरोग्राममार्फत प्रस्तुत गरेका छन् । इन्टरफेरोग्राम एक रंगिन तर जटिल तरिकाको नक्शा हो। जसले पृथ्वीभित्रको फ्रन्टलाइन समानान्तर भएको या हलचल भएको कुरा पत्ता लगाउन सक्छ ।

इङ्ल्यान्डको  नेर्क सेन्टर फर द अभ्जर्बेसन एन्ड मोडलिङ अफ अर्थ क्वेक, वल्क्यानोज एन्ड टेक्टोनिक्स (कोमेट) का प्रोफेसर टिम राइटका अनुसार काठमाडौंको उत्तर-पश्चिमी भूगोलमा जमिनको ठूलो हिस्सा एक मिटर माथिसम्म आउको हो ।

उनका अनुसार यो इन्टरफेरोग्राममा रंगिन ‘फ्रिन्ज’ (तरङ्ग) को गनिन्छ । यसमा जम्मा ३४ फ्रिन्ज रहेको छ या न कि काठमाडौंको जमिन एक मिटरमाथिसम्म उठेको छ ।

इन्टरफेरोग्रामबाट पत्ता लागेअनुसार काठमाडौंको उत्तरमा पृथ्वी थोरै भासिएको छ । भूकम्पको हल्का धक्काले यस्तो हुनु स्वभाविक मानिन्छ ।

वैज्ञानिकले भूकम्पको झट्काले काठमाडौंमा गएको भूकम्पको केन्द्रविन्दूको पूर्वमा जमिनको लाइन टुटैको पत्ता लगाएको जनाउँदै तर सतहलार्इ भने नतोडेको पुष्टि गरेका छन् ।

यो अध्ययनले नेपालमा भूकम्प जानुअघि पृथ्वीभित्र चट्टानबीच भएको टकरावपछि शनिबार गएको ७.८ म्याग्निच्यूटको भूकम्पपछि शुरु भएको ‘आफ्टर शक’ पूरै सकिइसकेको छैन।

यो इन्टरफेरोग्रामलार्इ युरोपियन अन्तरिक्ष एजेन्सीको विशेष अध्ययन आईएनएसएआरएपी (इनसाराप) को प्रयासमा तयार गरिएको हो । यो अध्ययन नर्वे, नेदरल्यान्ड, इङ्ल्यान्ड र पोल्यान्डका संस्थाले मिलेर तयार पारेका हुन् ।

यो इन्टरफेरोग्रामलार्इ आगामी दिनमा अझ राम्रो बनाइने वैज्ञानिकहरुले जनाएका छन् । यसको मद्धतले प्राकृतिक विनाश र जमिनको क्षतिको चित्रसहित व्याख्या गर्नेछ ।

इन्सारापले भूकम्को आन्तरिक संरचनाको विश्लेषणका लागि एक मोडल पनि तयार गर्नेछ । यसको मद्धतबाट वैज्ञानिकले यस भूकम्पको ऐतिहासिक घटनाको सन्दर्भमार्फत बुझ्न सक्नेछन् ।

यस विश्लेषणले भविष्यमा आउने भूकम्पको पूर्वानुमान लगाउन सक्ने विश्वास वैज्ञानिकले गरेका छन् । यसले आपतकालिन व्यवस्थापन गर्न पनि समय मिल्ने छ ।

सेन्टिनल-१ए यूरोपियन युनियनले पृथ्वीको निरीक्षणका लागि पठाइएको अन्तरिक्ष यानको पहिलो स्याटालाइट हो । आउँदो वर्ष सेन्टिनेल-१बीलार्इ अन्तरिक्षमा पठाउने योजना छ । त्यसपछि यी दुबै स्याटालाइट हरेक ६ दिनमा पूरा पृथ्वीको तस्बिर पठाउन सक्नेछन् ।