यिनले निकाले ६ दिनसम्म पुरिएका पेम्बालाई

0 4

काठमाडौं, वैशाख १७ – गत शनिबार १२ गते गएको विनाशकारी भूकम्पमा परि एक गेष्ट हाउसले च्यापिएर पुरिएका एक किशोरको जीवितै उद्धार गर्ने व्यक्तिलाई गोगंबुमा स्याबासी दिनेको भीड लागेको छ । नुवाकोटका १८ वर्षीय पेम्बा तामाङलाई सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक लक्ष्मण बस्नेतको कमाण्डमा खटिएको रेक्स्यु टिमले आज बिहान करिब १२ सकुशल उद्धार गरेको हो । विदेशी रेक्स्यु टोलीले लडेको भवनभित्र मानिस रहेको जानकारी गरेपछि सशस्त्र प्रहरीको रेक्स्यु टिमले ढलान फोरेर तामाङलाई सकुशल बाहिर निकालेको हो । पेम्बालाई उद्धार गर्न फ्रान्सको रेक्स्यु टोलीले सहयोग गरेको थियो ।   करिब ६ घण्टा लगाएर १० फिट लामो सुरुङजस्तो ठाउँबाट उनलाई रेक्स्यु टिमका लक्ष्मण बस्नेतले कुसशलतापूर्वक उद्धार गरेका थिए । पेम्बालाई जीवितै उद्धार गरेपछि सशस्त्र प्रहरी बलका प्रमुख कोषराज वन्त, गोगंबुवासी र विदेशी रेक्स्यु टिमले समेत बस्नेतलाई बधाई दिएका थिए । अहिले पेम्बाको आर्मी हस्पिटलमा उपचार भइरहेको छ । करिब ८ फिट परसम्म भग्नावशेष हटाउँदै जाँदा सशस्त्र टिमले मोटरसाइकल र किचेन र्याक भेट्टाएको थियो । पेम्बालाई सकुशल उद्धार गर्न सकेकोमा बस्नेत यतिबेला निकै खुसी भएका छन् । बस्नेतले रातोपाटीसँग कुरा गर्दै भने, ‘सुरुदेखि नै ढलान खोल्दै पेम्बा भएको ठाउँमा पुगे ।’  पेम्बा बाहिर आएपछि उनले मसँग नै पुरिएका दुई जना साथी खोई भन्दै चिच्याएका थिए । पेम्बाले मलाई भित्र देख्नासाथ म कहिलेदेखि पुरिएको हो भनेर प्रश्न गरेपछि मैले अघि भर्खर मात्र हो भनेर आश्वस्त तुल्याएँ बस्नेतले भने । घटनाको वर्णन गर्दै बस्नेतले भने, ‘सिथिल बनेका पेम्बाले मसँग पानी मागे । मैले उनलाई सुतेरै पानी पिलाएँ ।’ भित्र पसेर निकाल्नलाई गाह्रो भएन भनेर प्रश्न गर्दा बस्नेतले भने, ‘यो मेरो कर्तव्य थियो, त्यसैले मलाई गाह्रोको कुनै महसुस नै भएन् ।’ बस्नेतलाई अहिले विदेशी च्यानलहरुले धेरै फ्लो गरिरहेका छन्