राहत माग्दै भक्तपुरका जनता सडकमा आएपछि …

0 4

१६ वैशाख, काठमाडौं । भक्तपुरको भूकम्प प्रभावित क्षेत्रहरुको रिपोर्टिङ गर्ने क्रममा बुधबार साँझ ठूलोब्यासी पुग्दा एक्कासी मोटरसाइकल रोकियो ।

केही युवाहरु कराउँदै आए- ए रोक रोक रोक । मोटरसाइकलको पछाडि बसेका फोटोपत्रकार श्रीधर पौडेल ओर्लिएर भिड भएको ठाउँमा गए । म मोटरसाइकल साइड लगाएर पुग्दा उनीलाई घेरिसकेका थिए ।

उनीहरुले एकस्वरमा भन्दै थिए, हामीलाई किन राहत आएन ? जिल्ला प्रशासन कार्यालय गयो, नगरपालिका देखाउँछ, त्यहाँ गयो केही पाइएन ।’

त्यहाँको अगुवाइ गरिरहेका स्थानीय सुन्दर कासुलका अनुसार भूकम्पले ठूलोब्यासी १० मा मात्र २० जनाको मृत्यु भएको छ । ५० भन्दा बढी घर क्षतिग्रस्त भएका छन् । तर, अहिलेसम्म कुनै सहयोग पाएका छैनन् उनीहरुले ।

सँगैको सानो ब्यासी लगायतका सबै क्षेत्रका भूकम्प प्रभावितहरुले त्रिपालदेखि दाल चामल समेत पाएको भन्दै उनले भने-‘हामीलाई त्रिपाल समेत दिइएन, सडकमा उत्रिन बाध्य भयौं ।’
bhaktpur  After Eatrh Quake (6)

उनीहरुले केही तल खेतमा रहेको आफ्नो शिविरमा लगे । खेतमा पुराना प्लास्टिक र केही त्रिपाल टाँगिएको रहेछ । पानी परेका कारण उनीहरु बसेको ठाउँ हिलाम्मे थियो ।

त्यहाँ भेटिइन्, गर्भवती लक्ष्मी लाखे । चिकित्सकले जेठको समय दिएका छन् । तर, उनी त्यही चिसोमा दिन बिताउँदैछिन् । उनीहरुलाई पिउने पानीसमेत छैन् । नजिकै बसेकी एक बृद्ध आमा भन्दै थिइन्-कहिले काँही ट्यांकरले पानी दिन्छन्, त्यही खान्छौं । नत्र खाने पानी समेत छैन ।’

bhaktpur  After Eatrh Quake (7)

हामी जता जान्थ्यौं, राहत लिएर कोही आएको हो कि भन्दै मानिसहरु घेर्न आइपुग्थे । एक युवकले हामीलाई रोक्दै सोधे- तपाईं कहाँबाट ?

यसले के-के राहत दिन्छ ?

हामीसँग कुनै जवाफ थिएन ।

bhaktpur  After Eatrh Quake (10)

क्याम्पबाट फर्किएर उनीहरुको भत्किएका घरहरुको तस्वीर खिच्न जाँदै थियौं । ५०/५५ वर्षका आमाहरु भत्किएको घरमा भएका सामानहरु जम्मा गर्दै थिए । उनीहरु मध्ये एकले भनिन्-‘दुःखै दुःख भयो बाबु ।’

सिंहदरवारबाट केही किलोमिटरमा भूकम्प प्रभावित त राहतका लागि सडकमा आउनु परेको छ भने दुरदराज जहाँ बस्ती नै उजाडिएको छ, त्यहाँको अवस्था के होला ?

bhaktpur  After Eatrh Quake (1)

bhaktpur  After Eatrh Quake (2)

bhaktpur  After Eatrh Quake (4)

bhaktpur  After Eatrh Quake (5)