भूकम्पमा मूत्यु भएका १२७ को सनाखत भएन

0 4

१५ वैशाख, काठमाडौं । भूकम्पका कारण काठमाडौंमा मृत्यु भएकामध्ये २२७ शवको सनाखत भएको छैन । सनाखत नभएका शवहरु महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको छ ।
प्रहरीले शवको पहिचान गर्न शिक्षण अस्पतालमा आउन आह्वान गरेको छ । ‘शव पहिचान गर्न हामीले अस्पतालमा बोलाएका छौं र सबै जिल्लाहरुमा सर्कुलर पनि गरेका छौं,’ एक प्रहरी अधिकृतले भने ।
सनाखत भएका शवहरु आफन्तलाई जिम्मा लगाउने काम पनि भैरहेको छ । तर नभएका शवहरु अस्पतालमै राखिएको छ ।
शनिबार आएको भूकम्पको धक्काले काठमाडौं उपत्यका सहित ३९ जिल्लामा ठूलो जनधनको क्षति भएको छ । हालसम्मको तथ्यांक अनुसार सबैभन्दा धेरै मानिसको मृत्यु सिन्धुपाल्चोकमा भएको गृहमन्त्रालयले जनाएको छ ।