अचानक आयो विपद्, पीडाको बोझ बोकाएर गयो (फोटोफिचर)

0 6

काठमाडौं, वैशाख १२– विनाशकारी भुकम्पले सारा नेपालीलाई कहिल्यै नमेटिने घाउ लगाएर गएको छ । करिब ४० लाख मान्छे बस्ने राजधानीका जनता शनिबार छुट्टि मनाउँदै थिए । सबैले छुट्टि मनाएनन् धेरै मानिसहरु आफ्नो कार्यालयको काममा व्यस्त थिए ।

त्यस्तोमा सँधै व्यस्त रहने काठमाडौं शनिबार पनि व्यस्त थियो । ठुला–ठुला भवन र साँघुरा गल्लीका कारण अन्यत्रभन्दा काठमाडौंमा धेरै मान्छेको मृत्यु भयो । काठमाडौंमा कत्ति मान्छे घाईते छन् भन्ने तथ्यांक अझै सार्वजनिक भैसकेको छैन । हालसम्म ६८८ जनाको मृत्यु भएको भनेर गृह मन्त्रालयले जनाएपनि यकिन तथ्यांक अझै सार्वजनिक भैसकेको छैन् ।

राजधानीमा भुकम्पमा परि मृत्यु हुनेहरुको अवस्था निकै दर्दनाक देखिन्थ्यो । उद्दारकर्मीहरु कसैलाई धरहराको फेदीबाट निकाल्दै थिए । बसन्तपुर दरबार क्षेत्रबाट निकालिसक्दा धेरै पीडितहरुको उद्दार भैसकेको दृश्य निकै दर्दनाक थियो । यस्ता छन् राजधानीका विभिन्न स्थानबाट लिइएका दृश्यहरु

(हेर्नुहोस फोटोमा)

eartkeqqu (8)eartkeqqu (7)eartkeqqu (6)eartkeqqu (5)eartkeqqu (4)eartkeqqu (2)eartkeqqu (3)