सितेबाले गरे इंगेजमेण्ट, भन्छन्,‘बिलासे लमी बनेपछि मात्र पिरति बस्यो’

0 8

काठमाडौं, बैशाख ८- भद्रगोल टेलिश्रृंखलामा कुम हल्लाउँदै ‘ए हो ठिकै छ !’ थेगो हाल्ने ‘सितेबा’ (मधुसुन पाठक) ले बैशाख १६ गते हुने भनिएकोे बिहेलाई निश्चित गराएका छन् । डेढ दर्जन आफन्तका साथ बधु रिजु पौडेलको काठमाडौंस्थित स्थायि निवास चण्डौल पुगेर बिहे १६ गते नै हुने पक्कापक्कि सहित ‘इंगेजमेण्ट’ गरेका हुन् । भद्रगोलका निर्माता सुवास कार्की ‘बिलासे’ सितेबाको जोडी मिलाउने लमी हुन् । ईन्गेजमेन्ट सकिएकाे केही बेरमा सितेबाले जिष्टखबरसँग भने,‘मुटु चैं बेस्सरी धड्किँदैछ ।’ ‘छ महिना अघि हाम्रो अनौपचारिक देखभेट भएको थियो । करिब दूईमहिनादेखि हाम्रो सम्बन्धमा बाक्लोपन बढेको थियो । र, करिब एक महिनादेखि हामीबिच पिरति बसेको पक्कापक्की भएको हो ।’ बिहेको संयोग कसरी जु¥यो त भन्ने प्रश्नमा उनले बिलासेको मेहनत प्रति आभारी हुँदै भने,‘हामीबिच बिहे जुराइदिने लमी चैं भद्रगोलका निर्माता सुवास सर हुनुहुन्छ ।’ धुम्बाराहीस्थित धुम्रबराह पार्टी प्यालेसमा उनले गर्ने बिहेको समारोह उति भव्य भने हुनेछैन । भन्छन्,‘म सामाजिक सुधारको पक्षमा भएको मान्छे, त्यसैले मेरो बिहेको जन्ती जम्मा ५१ जना मात्र हुनेछन् । आफन्तको ठूलो गोल भएकाले उनले अन्य सम्बन्धका मानिसलाई जन्ती बनाउने छैनन् । उनी सबैलाई दुखी नहुन आग्रह गर्दै फुुक्र्याउँछन्,‘बिहेमा नलगेर के भो त ? १८ गते हुने प्रितिभोजमा त सेलिब्रेटी लगायत सबैलाई बोलाउने नै छु ।’ उनी धुर्मुस र सुन्तलीलाई सम्झिँदै थप्छन्,‘धुुर्मुस र सुन्तली मामामाइजु बिदेश हुनुभएकाले मैले मेरो बिहेमा सबैभन्दा धेरै उहाँहरुलाई मिस गर्नेछु ।’ उनले बताएअनुसार यो बिहे आमदर्शकका ‘सितेबा’ र नीजि जीवनका ‘मधुसुदन पाठक’ दूवैको बिहे हो । जन्ती कम लगेर मितव्ययिता अपनाइएपनि हिन्दुसंस्कारका सबै कर्म पुरा गरिनेछन् भने प्रितिभोज भने भव्य हुने उनको पारिवारिक स्रोत बताउँछ । काभ्रेको कोशीदेखा गाविसको बिलेडाँडामा जन्मिएका पाठकले आफ्नी दुलही बैशाख १७ गते मात्र  कोशिदेखास्थित आफ्नो घरमा  भित्र्याउने योजना रहेको  पनि स्रोत बताउँछ  । सहकारी, शिक्षा, पर्यटन, बीमा लगायतका बित्तिय क्षेत्रमा आबद्ध सितेबाकी हुनेवाला श्रीमति रिजु पौडेल पनि संयोगले सहकारी क्षेत्रमा कार्यरत हुन् । उनी राजधानीको एक सहकारीमा कार्यरत छिन् ।