शनिबारदेखि दैनिक एक घन्टा लोडसेडिङ घट्ने (तालिकासहित)

0 16

११ बैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दैनिक एक घन्टा लोडसेडिङ घटाउने भएको छ । शनिबारदेखि लागू हुनेगरी लोडसेडिङ घटाउन लागेको प्राधिकरणले जनाएको छ ।

दैनिक आठ घन्टा हुँदै आएको लोडसेडिङ शनिबारदेखि दैनिक सात घन्टाभन्दा कम हुनेछ ।

नदीहरुको जलस्तर बढेको तथा कुलेखानी जल विद्युत आयोजनाको सञ्चितिमा सुधार आएपछि लोडसेडिङ घटाउन लागेको प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रमुख भुवनकुमार क्षेत्रीले बताए ।

हाल विद्युतको माग १२ सय मेगावाट छ । प्रणाली सञ्चालनमा अझै साढे पाँच सय मेगावाट विद्युत अपुग छ ।

लाेडसेटिङको नयाँ तालिका

Loadseding