देशकै मुख्य ’रेड एरिया’ ठमेल २४सैं घण्टा खुल्ने भएपछि यौन कर्मीलाई फाइदा

0 4

देशकै मुख्य ‘रेड एरिया’ भनेर चिनिएको ठमेल सहर अब २४सैं घण्टा खुल्ने भएको छ। पर्यटकीय स्थल भनेर समेत चिनिएको ठमेल र दरबारमार्गलाई २४सै खुला गरिने तयारी थालिएको हो।
राजधानी काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्गलाई २४सै घन्टा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको छ।  पर्यटकको सुविधा तथा रात्रिकालीन व्यवसायीहरुको मागलाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयले दुवै क्षेत्रलाई २४सै घन्टा खुलाउने तयारी गरेको हो।

जसबाट रेड एरियाका यौनकर्मीलाई फाईदा पुगेको छ। यो निर्णयले अप्रत्यक्ष रुपमा फाईदा हुने यौनकर्मीहरु बताउँछन्।

प्रशासन कार्यालयले पर्यटन व्यवसायी, होटल तथा रेस्टुराँ सञ्चालक, ट्रेकिङ एजेन्सी व्यवसायीको आग्रहबमोजिम प्रमुख पर्यटकीय व्यापारिक क्षेत्रलाई सञ्चालनकालागि सरोकारवाला निकायसँग समन्वय गरी काम अघि बढाइएको छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले आवश्यक पूर्वाधार खडा गरी ठमेल र दरबारमार्गलाई चाँडै २४सै घन्टा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।’पर्यटकको सुविधा र व्यवसायीको मागलाई मध्यनजर गरी निश्चित सर्त र आवश्यक पूर्वाधार तयार गरेपछि खुल्ला गर्ने तयारी भएको छ, त्यसका लागि सरोकारवाला निकायसँग छलफल चलिरहेको छ’, उहाँले भन्नुभयो।

उक्त क्षेत्रमा रात्रिकालीन मनोरञ्जन व्यापारीका हकमा आन्तरिक सुरक्षा प्रबन्ध, सबै गतिविधि देखिने गरी आन्तरिक र बाह्य क्लोज सर्किट टेलिभिजन ९सिसीटिभी०, डिस्को र डान्सबार पूर्ण साउन्ड प्रुफ हुनुपर्नेजस्ता सर्त प्रशासनको छ।

प्रमुख पर्यटकीय व्यापारिक केन्द्र ठमेल र दरबारमार्गलाई २४सै घन्टा खुलाउनका लागि आवश्यक पूर्वाधार निर्माणको काम धमाधम भइरहेको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले जानकारी दिनुभयो।

“अहिले पूर्वाधार निर्माणको काम भइरहेको छ, ठमेलका सडक र भित्री गल्लीमा सौर्य बत्ती जडानको काम अघि बढाइएको छ । ठमेलभित्रको करिब पाँच किलोमिटर सडक कालोपत्र गर्ने काम ८० प्रतिशत बढी सकिएको छ, त्यसैगरी क्लोज सर्किट टेलिभिजन जडानको काम पनि सुरु गर्न लागेका छौँ, अबको डेढ महिनाभित्र सबै काम सक्छौँ”, उहाँले भन्नुभयो।

अध्यक्ष थपलियाले बाहिरी तथा आन्तरिक पूर्वाधार तयार भएपछि बढीमा डेढ महिनाभित्र ठमेल त्योभन्दाअघि नै दरबारमार्गलाई २४सै घन्टा खुल्ला गरिने बताउनुभयो।

परिषद्का अनुसार ठमेल क्षेत्रमा मात्र ३८ सय बढी विभिन्न व्यवसायी रहेका छन्। तीमध्ये ३०० बढी होटल तथा करिब ५०० को हाराहारीमा रेस्टुराँ छन् । परिषद्का अध्यक्ष थपलियाका अनुसार नेपाल आउने पर्यटकमध्ये ८० प्रतिशत पर्यटकीय व्यापारिक स्थल ठमेल जाने गरेका छन्।

You might also like More from author