कागजको बिटोलाई डलर भनी ठगी गर्ने पाँच जना पक्राउ

0 7
काठमाडौँ: कागजको बिटोलाई डलर भनी झुक्याई ठगी गरेको अभियोगमा बौद्ध बस्ने सिन्धुपाल्चोक बाह्रबिसेका २१ वर्षीय विपिन लामासहित पाँचजनालाई महानगरीय प्रहरी वृत्त, बौद्धले पक्राउ गरेको छ ।
झापा बिर्तामोड घर भई बौद्ध बस्दै आएका राजन थापा मगरलाई गत मङ्गलबार कागजको बिटोलाई डलर भनी झुक्याई  दुई लाख ५० हजार रुपैयाँ ठगी गरी फरार भएका थिए ।
फरार रहेका उनीहरुलाई प्रहरीले खोजतलास गर्नेक्रममा अमेरिकी डलर ४१० र एक लाख ७५ हजार ५०० रुपैयाँ सहित पक्राउ गरेको हो ।