चाबहिलको सुन पसलबाट ३३ लाख लुटियो

0 20

काठमाडौं : काठमाडौंको चाबहिलस्थित एक सुन पसल अगाडिबाट ३३ लाख रुपैयाँ लुटिएको छ । आज अपरान्ह नकाबधारी समुहले सो रकम लुटिएको हो ।

अपरान्ह सबा ५ बजे मोटरसाइकलमा आएका नकाबधारी समुहले सो परिमाणको रकम लुटेको हो । चाबहिलको गणेशथान अगाडिको न्यू भिन्तुना ज्वेलर्सका सञ्चालक हिराभाइ शाक्यले नारायण प्रसाद धिताललार्इ दिएको उक्त रकम लुटिएको हो ।

प्रहरीले भने धितालको भनाइलार्इ शंकस्पादरुपमा लिएको छ । फरक फरक मोटरसाइकल नम्बर टिपाएका धितालले सापटी लिएको उक्त रकम झोलामा राख्नेबित्तिकै लुटिएको बयान प्रहरीलार्इ दिएका छन् ।

प्रहरीले धितालले टिपाएका मोटरसाइकल नम्बर अनुसार सडक चेकप्वाइन्ट थापेर लुटेराको खोजी गरिररहेकाे महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रवक्ता एस्पी विश्वराज पोखरेलले बताए ।