प्युठानमा राप्रपा नेपाललाई धक्का

0 6

प्युठान, बैशाख १०– पार्टी एकीकरणमा जुटेको राप्रपा नेपाललाई विद्रोह गरेर समानान्तर पार्टी गठन गरेको पद्मसुन्दर लावती समुह टाउको दुखाई बनेको छ ।

देशव्यापीरुपमा नेता कार्यकर्तालाई एकीकृत गरेर केहि महिना अघिमात्रै समानान्तर पार्टी गठन गरेको लावतीसमुहमा यहाँको पूरै जिल्ला कमिटी प्रवेश गरेको छ ।
मिन बहादुर केसी अध्यक्ष रहेको १५ सदस्यीय जिल्ला कमिटि लावती समुहमा प्रवेश गरेको हो । संस्थापनको कार्यशैली हुकुमी ढंगको भएकोलगायतका आरोप लगााउँदै जिल्ला कमिटी आफ्नो पक्षमा आएको केन्द्रीय महामन्त्री श्याम तिमल्सिनाले जानकारी दिए ।
उनले देशका विभिन्न स्थानबाट आआफूहरुको पक्षमा माहोल बनिरहेको दाबी गर्दै आगामी बैशाख १४ गते पार्टीको आगामी कार्यदिशाबारे प्रशिक्षण दिन काठमाडौंमा बृहत कार्यक्रमको आयोजना गर्न लागिएको समेत बताए ।