बिरामीको ज्यान गएपछि अस्पताल तोडफोड

0 4

चितवन, वैशाख १० –विपी कोइराला मेमरीयल क्यान्सर अस्पताल भरतपुरमा उपचार गराईरहेका सुर्यलााल श्रेष्ठको उपचारको क्रममा मृत्यु भएपछि आक्रोसित  आाफन्तहरुले अस्पतालको रेडीयोलोजी भवनको सिसा फुटाईदिएका छन् ।

भरतपुर ४ बाह्घरेका ६७ बर्षिय सुर्यलालको विहिवार दिउसो ३ बजे मृत्यु   भएको थियो ।
मृत्यु पछि आक्रोसित पिडीत पक्ष र प्रहरीविच झडप भएको थियो । झडपपछी पिडीत मृतकका छोराहरु २ जनालाई प्हप्रहरीले नियन्त्रणमा लिएका थियो । केही समय अस्पतालको अवस्था तनावपुर्ण बनेको थियो । विरामीका आफन्तका अनुसार डाक्टर लापरवाही भएको उनिहरुको गुनासो छ ।

तर उपचारमा संम्लग्न डाक्टर ईरसाद अस्सारीले विरामीले वान्ता गरेकाले वान्ता गरेको श्वासको नलीका गएकाले विरामी निश्वासीएर ज्यान गएको वताए ।
डा. ईरसाद अन्सारीले उपचार गरेको मृतकलाई खाना खाने नलीमा क्यान्सर भएको वताए । ‘ओपीडीमा विरामी हेर्दै थिए’ उनले भने, ‘रेजेस्टार डा.प्रदिप सरले फोन गर्नुभयो र आकस्मीक कक्षमा गएर विरामी हेर भन्नुभयो, म विरामीलाई हेर्न थाले ।’
विरामीको व्लडप्रेसर १०० वाई ६० देखीएपनि खोकी लागेर विहीवार मात्रै अस्पताल ल्याईएको वताए । खोकीमा रगत संगै र्याल मिसीएकाले विरामीको अवस्था जटील भएको वताए । सुर्यलालको अवस्था वाहीरवाट सामान्य जस्तो देखीएपनि क्यान्सरको अवस्था जटील रहेको डा. प्रदीप न्यौपानेले वताए ।
रेडीएसन सकिएपछि अप्रेसन गर्ने तयारी गरीरहेको वताउदै डा न्यौपानेले विरामीले खोक्दा फोक्सोमा पुगेको र निश्वासीएर मृत्यु भएको प्रतिक्रिया दिए ।

कुनैवेला एसियाकै उत्कृष्ट नमुना अस्पतालको परिचित अस्पतालमा विभिन्न घटना घट्न थालेपछि सर्वसाधरणहअरु त्रसीत भएका छन् । ईलामवाट उपचार गर्न आएका लिला बल्लब खत्रीले अस्पतालले प्रदान गर्ने सेवा सुविधा विरामीमैत्री नभएको गुनासो गरे ।
‘जग्गा बेचेर दाजुको उपचार गर्न आएको ४ बर्ष र्भैसक्यो अहिलेसम्म विरामीको अवस्था उस्तै छ, डाक्टरले लापरवाही गर्छन् उनले भने उनका दाजु भेषराज खत्रीलाई क्यान्सर भएपछि उपचारमा अएपनि हालसम्म खान र बस्नमै पैसा सकिएको उनको गुनासो छ ।’ उनले गुनासो पोख्दै भने– ‘खान र बस्नमै पैसा सकियो विरामीको उपचार भएको छैन डाक्टरहरुलाई भन्नेहो भने पर्खीनुर्छ भनेको सुन्दैन् भन्दै झपार्छन् ।’
पहाड तथा तराईका मुलमा विरामीहरु अस्पतालवाट बढी पिडीत बन्न्नुपरेका उनले वताए । डाक्टरहरु फेसवुक चलाएर बस्ने र विरामीप्रति संवेदनसिल नहुने उनले आरोप लगाए  ।