प्रधानमन्त्रीले ‘स्वाइन फ्लु’को रोकथामका लागि विदेशबाटै दिए कडा निर्देशन

0 15

काठमाडौं, वैशाख १० । प्रधानमन्त्री सुशील कोइरालाले एसिया–अफ्रिका शिखर सम्मेलनस्थल इन्डोनेसियाको जकार्ताबाटै स्वास्थ्यमन्त्री खगराज अधिकारीलाई टेलिफोन गरी जाजरकोटलगायत मुलुकका विभिन्न भागमा देखा परेको ‘स्वाइन फ्लु’को रोकथाम गर्न कुनै कसर बाँकी नराख्न कडा निर्देशन दिएका छन् ।

जाजकोटमा फैलिएको ‘स्वाइन फ्लु’ नियन्त्रणमा
आइनसकेको र अन्य जिल्लामा पनि रुघाखोकी र ज्वरोका बिरामी बढ्दै गएको जानकारी पाएपछि प्रधानमन्त्रीले विदेशबाटै टेलिफोन गरी स्वास्थ्यमन्त्रीलाई विहीबार यस्तो निर्देशन दिएका हुन् ।

टेलिफोन वार्ताको क्रममा स्वास्थ्यमन्त्री अधिकारीले प्रकोप नियन्त्रणका लागि हालसम्म भएका प्रयासहरुको जानकारी दिएको प्रधानमन्त्रीका प्रेस संयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।