बेवारिसे शवको अझै सनाखत हुन सकेन

0 10

पर्सा, वैशाख १० – पर्साको बैरियाविर्तामा बुधबार भेटिएको बेवारिसे शवको अझै सनाखत हुन सकेको छैन ।  स्थानीयका अनुसार स्थानीय रामचन्द्र कुशवाहाको पोखरीमा डुबिरहेको अवस्थामा सो शव फेला परेको हो । करिब ४५ वर्षीय युवकको शवको अझै सनाखत भइ नसकेको र सो विषयमा अनुसन्धान जारी रहेको पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए। शव पोखरीमा डुबेको अवस्थामा फेला परेको हो । शव पोखरीबाट निकालेर नारायणी उपक्षेत्रीय अस्पतालको शव गृहमा राखिएको प्रहरीले बताएको छ ।