संविधानसभाको बैठक आज बस्दै, प्रक्रियाका बारेमा छलफल गरिने

0 4

काठमाडौँ, १० वैशाख – तीन पटकसम्म शोक पारितका गर्दै स्थगित भएको संविधानसभाको बैठक आज बस्दैछ।

नयाँ बानेश्वरमा दिउँसो ३ बजे बस्ने बैठकमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले अर्को बैठकको मिति तोकेर प्रक्रियाबारे जानकारी गराउने संभावना रहेको स्रोतले जनाएको छ। संसद् सचिवालयका अनुसार बिहीबारको बैठकमा दलबीच भएको सहमतिका बुँदा नआए, नेम्वाङले अर्को बैठकको मिति तोकेर प्रक्रियामा जानकारी गराउने तयारी छ।

यसैगरी बैठकले नयाँ सभासद्लाई कुन समितिमा पठाउने भन्ने तय गर्नेछ।  गएको सोमबार बसेको तीन दलको बैठकमा संविधानका मुख्य विवादित विषय भनिएको संघीयता बाहेकका विषयमा प्रक्रियाबाट अघि बढ्ने सहमति भएको थियो। तर यसबारे सचिवालयलाई जानकारी नहुँदा आजको बैठकमा बैकल्पिक एजेण्डा बैठक बस्न लागेको स्रोतको भनाइ छ।

सोमबार बिहान प्रधानन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीको बैठकले संविधान निर्माणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।